गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका कृष्णचन्द्र नियुक्त
अखबार टुडे
प्रकाशित:
२०७८, २९ जेष्ठ

गण्डकी, २९ जेष्ठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएको छ ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेको हो ।
प्रदेश प्रमुख पौडेलले आज दिउँसो ३.०० बजेसम्मको समय तोकेर प्रदेश सभा सदस्यहरूलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका थिए।
पोखरेललाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै नेपाली काँग्रेसका १५, नेकपा (माओवादी केन्द्र) का ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र प्रदेशसभा सदस्य दीपक मनाङेको समर्थनमा दावी पेश गरिएको थियो ।
पोखरेलले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । पुख्र्यौली थलो तनहुँ भएका ७१ वर्षीय पोखरेल प्रदेशसभा सदस्यमा पूर्वी नवलपरासी निर्वाचन क्षेत्र १ प्रदेश (क) बाट विजयी बनेका थिए ।

प्रतिक्रिया