
पाँचथर, २८ जेठ । कोरोनाभाइरस सङ्क्रणबाट यहाँ दुईजनाको निधन भएको छ । तीमध्ये एक संक्रमित महिलाको मुखबाट रगत बान्ताका कारण मृत्यु भएको छ ।
तेह्रथुमको आठराई घर भई फिदिममा बस्दै आएका ६५ वर्षीया महिलाको शुक्रबार पाँचथर जिल्ला अस्पतालमा मृत्यु भएको हो । यही २५ जेठमा गरिएको एन्टिजेन परीक्षणमा उनीसहित परिवारका अन्य सदस्यमा समेत कोरोना पुष्टि भएको थियो । उनीका श्रीमान पनि सङ्क्रमित भइ अस्पतालमा उपचाररत छन् ।
होम आइसोलेसनमा रहेकी ती महिलालाई स्वास्थ्यमा समस्या आएपछि शुक्रबार अस्पताल पु¥याइएको जनाइएको छ । सङ्क्रमित महिलाको मुखबाट रगत बान्ता गर्ने समस्याका कारण ज्यान गएको जिल्ला अस्पतालका सिनियर अहेव उमेश शाहले जानकारी दिए ।
विशेषतः कोरोनाजस्ता जटिल अवस्थामा हुने मद्यपानले यस प्रकारका समस्या निम्त्याउने गरेको उनको भनाइ छ । जिल्लामा विहीबार पनि दुई संक्रमितको मृत्यु थियो ।