पछिल्लो २४ घण्टामा थप ३,७५० जनामा संक्रमण पुष्टि, ६७ को मृत्यु
प्रकाशित:
२०७८, २८ जेष्ठ
काठमाडौं, २८ जेष्ठ । पछिल्लो २४ घण्टामा थप ३,७५० जनामा संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट ९,५९८ जनाको परीक्षण गर्दा २,७०९ जनामा र एन्टिजेन विधिबाट ५,५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ५,२२५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख २० हजार ८१६ जना संक्रमणमुक्त भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा थप ६७ जनाको मृत्यु भएको छ । देशभर ८ हजार ३०५ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार