३१ सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धन प्रदेश प्रमुखकहाँ पुगे
अखबार टुडे
प्रकाशित:
२०७८, २८ जेष्ठ

गण्डकी, २८ जेष्ठ । गण्डकी प्रदेशका विपक्षी दलहरु बहुमत सांसदको हस्ताक्षर लिएर सरकारको दाबी गर्नप्रदेश प्रमुख सीताकुमारी पौडेलकहाँ पुगेका छन् ।
प्रदेश प्रमुख पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी थिइ्न् । प्रदेश प्रमुखले आह्वान गरेको केही घण्टामै विपक्षी गठबन्धनले नयाँ सरकारको दाबी गर्न पौडेलकहाँ पुगेका हुन् ।
मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द नेपाली पोखरेललाई प्रस्ताव गरिने भएको छ । कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपा र जनमोर्चाका २÷२ र स्वन्तन्त्र एक गरी ३१ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखकहाँ पुगेका हुन् ।

प्रतिक्रिया