पोखरीमा डुबेर एकै टोलका पाँच बालिकाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २८ जेष्ठ


धनुषा । धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा पोखरीमा डुबेर एकै स्थानका पाँच बालिकाको मृत्यु भएको छ ।

शुक्रबार घर नजिकैको पोखरीमा नुहाउन गएका बेला उक्त गाउँपालिका–६ का बालिका पोखरीमा डुबेका धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए ।

बालबालिकाको डुबेको खबरपछि प्रहरीको टोली घटनास्थल पुगेको उनले बताए । पाँच ५ जना बालिकाको शव पोखरीबाट निकालेका र पोखरीमा अझै खोजी भइरहेको उनले बताए । बालिकाहरु खेल्दाखेल्दै पोखरीमा पुगेको बताइएको छ । मृत्यु भएकाहरुको उमेर १० देखि १२ बर्ष रहेको बताइएको छ ।

*मृत्यु हुनेहरूमा लक्ष्मीपुर टोलका पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मिनीया यादव, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया नातनी चाँदनी ठाकुर र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता साह रहेकी छन् । एकैपटक ५ बालिकाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ ।

प्रतिक्रिया