काभ्रेको समुदायिक अस्पताललाई हातेमालोद्वारा स्वास्थ्य सामग्री प्रदान
अखबार टुडे
प्रकाशित:
२०७८, २७ जेष्ठ

काठमाडौं, २७ जेठ । हातेमालो अभियान कार्यक्रमअन्र्तगत काभ्रेपलाञ्चोकको डिसीडब्लूसी समुदायिक अस्पताल गगचे–४ नांगेका लागि विभिन्न स्वास्थ्य सामग्री तथा खाद्यन्न सहयोगस्वरुप प्रदान गरिएको छ ।

हातेमालो अभियानका चर्चित र्यापर गायक तथा समाजसेवी निर्णय श्रेष्ठ, ‘एनएसके’, वरिष्ठ फोटो पत्रकार हरि गोपाल प्रधान, वल्ड बुक अफ रेकर्डस नेपालका अध्यक्ष सागर कटवाल र विजय खड्कालगायतले एक कार्यक्रमबीच उक्त अस्पताललाई स्वास्थ्य साम्रगी तथा खाद्यन्न उपलब्ध गराएको हो ।

अस्पतालका लागि साबुन १००० पिस, ५०० पिस माक्स, केही अक्सिजन मिटर, १५ बोरा चामल, अक्सिजन सिण्डिर, औषधी लगायतका सामग्री प्रदान गरिएको हातेमालो अभियानका एक सदस्य फोटो पत्रकार हरि गोपाल प्रधानले बताए । ती सहयोग सामग्री त्यस गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया