गण्डकी प्रदेशमा ढल्यो गुरुङको सरकार, मुख्यमन्त्री विश्वासको मत पाउन असफल
अखबार टुडे
प्रकाशित:
२०७८, २७ जेष्ठ

गण्डकी, २७ जेष्ठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विश्वासको मत पाउन असफल भएको छ । बिहीबार प्रदेशसभाबाट विश्वासको मत गुमाएसँगै गुरुङको मुख्यमन्त्री पद स्वतः गएको छ ।
प्रदेशसभामा गुरुङले विश्वासको मत लिन गरेको प्रस्तावको पक्षमा २७ जना र विपक्षमा ३० जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् ।
६० सदस्यीय प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावउपरको मतविभाजनमा ५८ जना उपस्थित थिए । प्रदेश सरकारका युवामन्त्री राजीव गुरुङ (दीपक मनाङे) भने अनुपस्थित रहे । सभामुख नेत्रनाथ अधिकारीले मतदान गरेनन् ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभाको विश्वास पाउ भन्दै प्रस्ताव पेश गरेका भए पनि पाउन भने सकेनन् ।
गण्डकीमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २, राष्ट्रिय जनमोर्चाका ३ र १ जना स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया