बागमती र प्रदेश–२ सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
अखबार टुडे
प्रकाशित:
२०७८, २७ जेष्ठ


काठमाडौं, २७ जेठ ।
बागमती र प्रदेश नम्बर २ प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । आर्थिक वर्ष ०७८÷०७९ का लागि बिहीबार नीति तथा कार्यक्रम ल्याउन लागिएको हो ।
आज बस्ने प्रदेश सभा बैठकमा बागमती प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईं र प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराजले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् ।
यसैबीच बागमती प्रदेशमा नेपाली कांग्रेसलगायत विपक्षी दलहरूले नीति तथा कार्यक्रम पारित गर्न नदिने बताएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलको सरकार अल्पमतमा रहेको दाबी विपक्षीको छ ।
यस्तै, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसलाई सरकारमा सहभागी गराएका छन् । बुधबार कांग्रेसका ३ जना मन्त्री भएका हुन् । उनी नेकपा माओवादीलाई पनि सरकारमा ल्याउन तयारीमा लागेका छन् ।

प्रतिक्रिया