मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, सात जना मन्त्री र एक राज्यमन्त्रीमा नियुक्त गर्दै
अखबार टुडे
प्रकाशित:
२०७८, २७ जेष्ठ

काठमाडौं, २७ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । स्रोतका अनुसार प्रधानमन्त्रीले अपरान्ह ४ बजे शपथ ग्रहणको तयारी रहेको छ । हाल ७ वटा मन्त्रालय रिक्त थिए ।
प्रधानमन्त्रीले बिहीबार विस्तार गर्न लागेको मन्त्रिमण्डलमा गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापालाई नियुक्त गर्ने तयारी छन् । थापा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती हुन् ।
त्यस्तै, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडीको नाम तय भएको छ । रक्षा मन्त्रालय भने प्रधानमन्त्री ओली आफैँले राखेका छन् ।
त्यस्तै, प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बाँनिया र वन राज्यमन्त्रीमा आशा विक रहेकी छन् । यसअघि प्रधानमन्त्री ओलीले जेठ २१ गते जसपाबाट ८ जना र २ राज्यमन्त्रीसहित मन्त्रिपरिषद् हेरफेर गरेका थिए ।

प्रतिक्रिया