एक महिलाले ज्नमाइन् एकैपटकमा १० सन्तान
अखबार टुडे
प्रकाशित:
२०७८, २७ जेष्ठ

काठमाडौं, २७ जेष्ठ (एजेनसी) । दक्षिण अफ्रिकामा एक महिलाले एकै पटकमा १० जना बच्चा जन्माएकीे छन् ।
गोसियामे थमारा सिथोले सात छोरा र तीन छोरीको जन्म दिएकीे बीबीसीले जनाएको छ । सिथोले प्राकृतिक रुपमै गर्भधारण गरेको बताइएको छ ।
गर्भवती भएको २९ हप्तामा शल्यक्रिया गरेर ती बच्चालाई जन्म दिएको र उनको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ । ३७ वर्षकी सिथोले ६ वर्षअघि जुम्ल्याहा बच्चा जन्माएको थियो ।
एकै पटक सर्वाधिक बच्चा जन्मिएको यो नयाँ कीर्तिमान हुन सक्ने र यस विषयमा अनुसन्धान गरिरहेको गिनिज वर्ल्ड रेकर्डले बताएको बीबीसीले जनाएको छ ।
यसअघि सन् २००९ मा अमेरिकामा एउटी महिलाले एकै पटकमा आठवटा बच्चा जन्माएको थियो । एकै पटक धेरै बच्चा जन्माएर बाँच्न सफल व्यक्तिको गिनिज वर्ल्ड रेकर्ड अहिले उनको नाममा रहेको छ ।
यसअघि एकै पटकमा नौ जना बच्चा जन्मिएका दुईवटा घटना अभिलेखमा छन् । तर तीमध्ये कुनै पनि बच्चा केही दिनभन्दा बढी बाँच्न सकेनन् ।

प्रतिक्रिया