२४ घण्टामा कोरोनाबाट ८१ जनाको मृत्यु, ४३ सय संक्रमित
अखबार टुडे
प्रकाशित:
२०७८, २६ जेष्ठ

काठमाडौं, २६ जेठ । नेपालमा बुधबार पछिल्लो २४ घण्टामा थप ४३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४३४४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, यही अवधिमा कोरोना भाइरस संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५७६८ जना संक्रमणमुक्त भएका छन् । केही दिनयता संक्रमणसँगै मृत्युदर घटेको हो ।

नेपालमा कोरोना संक्रमणको दोस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यका लगायतका देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया