कोरोना सङ्क्रमणका कारण बुधबार थप ८१ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २६ जेष्ठ

काठमाडौं, २६ जेष्ठ । गत २४ घण्टामा देशभर ४ हजार ३ सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४ सय ४९ जनामा र ४ हजार ५ सय ६८ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ८ सय ९५ जनामा सङ्क्रमण पाइएको छ ।
आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८० हजार ३ सय ३६ पुगेको छ । यस्तै गएको २४ घण्टामा ५ हजार ७ सय ६८ जना कोरोनामुक्त भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण २४ घण्टामा थप ८१ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया