सांसद थापाको पुर्नवहालीको अन्तरिम आदेश रोक्न निवेदन
अखबार टुडे
प्रकाशित:
२०७८, २६ जेष्ठ

काठमाडौं, २६ जेष्ठ । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापालाई गरेको कारबाही थमौती गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध राष्ट्रिय जनमोर्चाले पुनरावलोकन निवेदन दिएको छ ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले आइतबार राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्चको आदेशविरुद्ध राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेशसभा संसदीय दलले पुनरावलोकन निवेदन दिएको दलकी नेता पियारी थापाले जानकारी दिइन् । राष्ट्रिय जनमोर्चाको उक्त पुनरावलोकन निवेदन बुधबार सर्वोच्च अदालतमा दर्ता भएको छ ।

गण्डकी प्रदेशमा पार्टीको निर्णयलाई अटेर गरेर नयाँ सरकार बनाउन साथ नदिएको भन्दै थापालाई जनमोर्चाले प्रदेश सभा सदस्यबाट हटाएको थियो । पार्टीको त्यस निर्णयको विरुद्धमा थापा सर्वोच्च जानुभएको थियो ।

प्रतिक्रिया