एक व्याक्तिद्वारा फ्रान्सका राष्ट्रपतिलाई सार्वजनिक स्थलमै चड्कन
अखबार टुडे
प्रकाशित:
२०७८, २६ जेष्ठ

काठमाडौं, २६ जेष्ठ (एजेन्सी)। फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोनलाई देशको दक्षिणपूर्वी क्षेत्रमा भ्रमणका क्रममा एक व्याक्तिले सार्वजनिक स्थलमै चड्कन हानेका छन् ।
बाटोमा उभिएका व्यक्तिसँग कुराकानी गरिरहेकै अवस्थामा एक व्यक्तिले राष्ट्रपति म्याक्रोनलाई झापड हानेका हुन् ।
सीएनएनका अनुसार यो घटना लगत्तै राष्ट्रपति म्याक्रोनको सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न रहेको आरोपमा दुई जना व्याक्तिलाई पक्राउ गरेका छन् ।
घटनापछि म्याक्रोनले यसलाई एक असामान्य घटनाको प्रतिक्रिया दिएका छन् ।
राष्ट्रपति दक्षिणपूर्वी फ्रान्सको डोम क्षेत्रको भ्रमणको क्रममा रहेको बेला यस्तो घटना भएको हो । सो क्षेत्रमा उनले रेष्टुराँका कामदार र विद्यार्थीहरुसँग भेटेर कोभिड महामारीपछिको जनजीवन सामान्य बनेको छ कि छैन भन्ने विषयमा बुझ्ने कोशिश गरिरहेका थिए ।

प्रतिक्रिया