‘बहुमत हस्ताक्षर आउँदाआउँदै आधार पुग्दैन भन्ने आधार के हो ?’
अखबार टुडे
प्रकाशित:
२०७८, २६ जेष्ठ

काठमाडौं, २६ जेठ । वरिष्ठ अधिवक्ता शम्भु थापाले धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि बहुमत सांसदको हस्ताक्षर बुझाउँदा बुझाउँदै राष्ट्रपतिले अस्वीकार गरेकामा प्रश्न उठाएका छन् ।
बुधबार प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदक सांसदहरुको पक्षबाट संवैधानिक इजलासमा बहस गर्दै उनले प्रश्न गरे, ‘बहुमत हस्ताक्षर आउँदाआउँदै आधार पुग्दैन भन्ने आधार के हो ? आधार खोज्न परे संसद जानू पर्दैन ?’
धारा ७६(५) अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि शेरबहादुर देउवाले गरेको रावी राष्ट्रपति विद्या भण्डारीले अस्वीर गरेको भन्दै आधार खोजेका हुन् ।
संविधानको धारा ७६ (५) मा विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गरे राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नैपर्ने बाध्यकारी व्यवस्था रहेको थापाले दावी गरेका छन् । ‘प्रतिनिधिसभामा नपुगिकन विश्वास मत फलानोले प्राप्त गर्न सक्दैन भनेर राष्टपतिले भन्न मिल्छ र ?’ उनको प्रश्न थियो । उनले राष्ट्रपति प्रतिनिधसभामै नगईकन आफैंले निर्णय गर्न पाउने अधिकार नभएको बताए ।

प्रतिक्रिया