नेपालमा कोरोना सङ्क्रमणबाट थप १०८ जनाको मृत्यु
प्रकाशित:
२०७८, २५ जेष्ठ

काठमाडौं, २५ जेष्ठ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १ सय ८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८ हजार ९८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६५ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ८ सय ७० जना र ५ हजार ६ सय ११ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ लाख ११ हजार ३ सय ८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ७० जना निको भएसँगै निको हुनेको सङ्ख्या ५ लाख ४ हजार ५ सय ३० पुगेको छ । अहिले नेपालमा ८२ हजार ७ सय ३६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
प्रतिक्रिया