पुणे सहरको केमिकल कारखानामा आगलागी , कम्तीमा १८ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २५ जेष्ठ

काठमाडौं, २५ जेष्ठ । भारतको महाराष्ट्र राज्यको पुणेस्थित एउटा केमिकल कारखानामा आगलागी भएको छ । आगलागीमा परि कम्तीमा १८ जना मजदुरको ज्यान गएको छ ।
सोमबार बेलुकी भएको आगलागीमा अझै केही कामदार हराइरहेका बीबीसीले जनाएको छ । आगलागी भएको कारखानामा ३७ मजदुर काम गरिरहेका थिए ।
हराएका मजदुरहरुको खोजी भइरहेको भारतको फायर ब्रिगेड विभागलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।
यसैबीच भारतकै पश्चिम बङ्गालका तीनवटा जिल्लामा चट्याङ्ग लागेर कम्तीमा २३ जनाको ज्यान गएको छ । अरु केही घाइते भएका छन् ।
हुगलीमा १० जना, मुर्सिदाबादमा नौ जना, हाबडा र पश्चिम मोदिनीपुरमा २÷२ जनाको ज्यान गएको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

प्रतिक्रिया