सुदूरपश्चिम प्रदेश : माधव पक्षले जोगायो सरकार
अखबार टुडे
प्रकाशित:
२०७८, २५ जेष्ठ

कैलाली, २५ जेठ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार भएको मतदानमा एमाले माधव नेपाल पक्षले समर्थन गरेपछि भट्टको सरकार जोगिएको हो ।
मतदानमा सरकारको पक्षमा ३० मत र विपक्षमा ९ भोट मात्रै परेको छ । एमाले केपी शर्मा ओली पक्षका ७ जना र जनता समाजवादी पार्टीका दुई जनाले सरकारको विपक्षमा भोट हालेका थिए भने नेपाली कांग्रेसले मतदानमा भाग लिएन ।
बैठकमा ५१ जना सांसद उपस्थित भएका थिए । उनीहरूमध्ये १२ जना मतदानमा सहभागी नभएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।
माधव नेपाल पक्षले बहुमतका आधारमा सरकारको समर्थनमा मत हाल्ने निर्णय लिएपनि ओली पक्षका संसदले केन्द्रको निर्देशन अनुसार विपक्षमा भोट हाले ।

प्रतिक्रिया