मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै
अखबार टुडे
प्रकाशित:
२०७८, २५ जेष्ठ

धनगढी, २५ जेष्ठ । सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले आजको बैठकमा आफूलाई विश्वासको मत दिन प्रस्ताव गर्ने भएको छ ।
नेकपा एमालेको माधव नेपाल पक्षले विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेको हो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सरकारलाई समर्थन गरेको एमाले र माओवादीको मतले मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था आएमा मात्र मत दिने निर्णय गरेको छ । जसपाले भने के गर्ने निर्णय गरिसकेको छैन । विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत चाहिन्छ ।
५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना छन् । एमालेका २५ मध्ये माधवकुमार नेपाल पक्षका १८ जना छन् । यस्तै माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका दुई जना प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया