कोरोना हट्दै, संक्रमित भन्दा निको हुनेदर उच्च
अखबार टुडे
प्रकाशित:
२०७८, २४ जेष्ठ

काठमाडौं, २४ जेठ । कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धि गरिएसँगै पछिल्लो केही दिन यता संक्रमित भन्दा निको हुनेदर उच्च हुँदै गएको छ ।

सोमबार पछिल्लो २४ घण्टामा चार हजार ४७२ मा संक्रमण पुष्टि भएको छ भने ६ हजार ९५१ जना निको भएका छन् । सोमबार १७ हजार ९०७ मा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा पिसिआर १२ हजार ००२ र एन्टिजेन ५ हजार ९०१ परीक्षण गरिएको थियो । सोही अवधिमा कोरोनाबाट ९२ जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया