निषेधाज्ञामा अनलाइन व्यवसायलाई नरोक्न सर्वोच्चको अन्तरिम आदेश
प्रकाशित:
२०७८, २४ जेष्ठ
काठमाडौं, २४ जेष्ठ । सर्वोच्च अदालतले निषेधाज्ञाको समयमा अनलाइन व्यवसायलाई नरोक्न अन्तरिम आदेश जारी गरेको छ ।
सोमबार न्यायाधीश सपना मल्ल र कुमार चुँडालको संयुक्त इजलासले सोमबार व्यवसाय नरोक्न आदेश जारी गरेको हो ।
‘अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरीको इ–कमर्शको सेवा प्रदान गर्ने कम्पनीहरुलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्मको लागि सेवा प्रदान गर्ने काम रोक्ने कार्य नगर्ने’ आदेशमा भनिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार