सुरक्षा घेरामा राउटे वस्ती, तीन दर्जन बढी सुरक्षाकर्मी परिचालन
अखबार टुडे
प्रकाशित:
२०७८, २४ जेष्ठ

सुर्खेत, २४ जेठ । गुर्भाकोट नगरपालिका–११ मा बस्दै आइरहेका दुई राउटे युवतीमाथि यौन दुव्र्ययवहार भएपछि बाहिरी मान्छेहरूलाई बस्तीमा प्रवेश निषेध गरिएको छ । प्रवेश रोक्न लागि तीन दर्जनभन्दा सुरक्षाकर्मी खटाइएको छ ।

राउटे युवतीमाथि यौन दुव्र्यवहा भएको समाचार सार्वजनिक भएसँगै प्रहरीले राउटे वस्तीलाई सुरक्षा घेरा दिएको हो । कर्णालीका मुख्यमन्त्री महेबन्द्रबहादुर शाहीको निर्देशन अहिले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३४ जनाभन्दा बढी प्रहरी खटाइएको छ ।

प्रदेशसभा बैठकमा सहभागी हुन आएका शाहीले भने, ‘अहिले त्यहाँ अन्य कसैलाई पनि प्रवेश गर्न दिइएको छैन ।’ दुई युवतीमाथि भएको घटना निन्दनीय भएको मुख्यमन्त्रीको भनाइ छ । आफूले दोषीलाई कडा कारवाही गर्न र ती युवती तथा राउटे बस्तीको सुरक्षा गर्न निर्देशन दिएको उनले बताए । उनले पीडित दुवै युवतीलाई बचाउन सरकारले सबै योजना अवलम्बन गरिरहेको पनि बताए ।

उनले भने, ‘अहिले सुरक्षाको योजना लागू गरिसकेका छौं । त्यहाँको तीन समूहका तीनै राउटे मुखियालाई यहाँ बोलाएको छु । राउटेका मुखियालाई आवश्यक सहयोग गर्ने र युवतीलाई स्वास्थ्य जाँचका लागि अस्पताल पठाउने योजना बनाइरहेका छौं ।’

प्रतिक्रिया