सोमबार बस्ने भनिएको संवैधानिक इजलास स्थगित
अखबार टुडे
प्रकाशित:
२०७८, २४ जेष्ठ

काठमाडौं, २४ जेष्ठ । संसद विघटनविरुद्धका रिटहरुमाथि सुनुवाइ हुँदै आएको सोमबार बस्ने भनिएको संवैधानिक इजलास स्थगित भएको छ ।
इजलासमा रहेका व्यक्ति नै अस्वस्थ रहेकाले आज बस्ने भनिएको संवैधानिक इजलास स्थगित भएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले बताए । आजको लागि हेर्दाहेर्दैमा राखिएका निवेदन स्थगित पेसी सूचीमा चढाइएको छ ।
संसद विघटन सम्बन्धी मुद्दा हेर्न प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका थिए । इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।
तर यो इजलासबाट निष्पक्ष फैसला आउनेमा सरकारी पक्षले नै आशंका गर्दै आएको छ । हिजोको बहसपछि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

प्रतिक्रिया