स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी अध्यादेश : स्वास्थ्यकर्मीमाथि आक्रमण गरे के हुन्छ ?
अखबार टुडे
प्रकाशित:
२०७८, २३ जेष्ठ

काठमाडौ, २३ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ मा जारी गरेकी छन् । उक्त अध्यादेशअनुसार अब स्वास्थ्यकर्मीमाथि कसैले आक्रमण गरेमा २ देखि ५ वर्ष जेल सजाय हुने भएको छ ।

यदि कसैले कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात तथा आक्रमण गरेमा २ देखि ५ वर्षसम्म कैद वा २ देखि ५ लाख रुपैयाँ वा दुबै सजाय हुने ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश २०७८ मा उल्लेख गरिएको छ ।

डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीले आफूहरुमाथि आक्रमणका घटना बढ्न थालेको भन्दै कडा कारवाहीको व्यवस्थासहितको कानुन ल्याउन माग गर्दै आएपछि सरकारले अध्यादेशमार्फत यस्तो व्यवस्थासहितको कानुन ल्याएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१०) अनुसार आइतबार अध्यादेश जारी गरेकी हुन् ।

प्रतिक्रिया