नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको शृङ्खला स्पेनमा हुने पक्का
अखबार टुडे
प्रकाशित:
२०७८, २३ जेष्ठ

काठमाडौं, २३ जेष्ठ । आईसीसी विश्व कप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको शृङ्खला स्पेनमा हुने भएको छ ।
यसअघि स्कटल्यान्डमा हुने तालिका रहेको विश्वकप लिग–२ कोरोनाको महामारीपछि लगाइएको यात्रा प्रतिबन्धका कारण स्पेमा हुने भएको हो ।
नेपाल क्रिकेट संघ क्यानका सचिव अशोकनाथ प्याकुरेलले जुलाईमा प्रतियोगिता हुने पक्का भए पनि मिति भने पछि तय हुने बताए । कोरोना महामारीका कारण यसअघि नै तय भएको सिरिज स्थगित भएको थियो ।
लिग अन्तर्गत नेपाल, ओमान, अमेरिका, नामिबिया, स्कटल्यान्ड, पपुवा न्युगिनी र युएईले नौ वटा शृङ्खला खेल्ने तालिका थियो । तर नेपालले जम्मा एउटा मात्रै श्रृङ्खला खेलेको छ ।
जसअन्र्तगत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोड्दै छैटौं स्थान बनाएको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ ।
लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो । ओमानमा हुने सिरिज मार्च १९ देखि २८ सम्म हुने तालिका थियो ।

प्रतिक्रिया