जनमोर्चाका नेता कृष्ण थापालाई सांसद पदमा पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश
अखबार टुडे
प्रकाशित:
२०७८, २३ जेष्ठ

काठमाडौं, २३ जेष्ठ । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश कुमार चुँडालको एकल इजलासले आइतबार थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत बदर गरेको हो ।
गण्डकी प्रदेशमा पार्टीको निर्णयलाई अटेर गरेर नयाँ सरकार बनाउन साथ नदिएको भन्दै थापालाई जनमोर्चाले प्रदेश सभा सदस्यबाट हटाएको थियो । पार्टीको त्यस निर्णयको विरुद्धमा थापा सर्वोच्च जानुभएको थियो ।
जनमोर्चाका कृष्ण थापाले साथ नदिँदा गण्डकीमा एमाले र माओवादीले एमालेको तर्फबाट मुख्यमन्त्री बन्नुभएका पृथ्वीसुब्बा गुरुङलाई हटाएर कांग्रेस नेतृत्वमा सरकार बन्न सकेको थिएन ।

प्रतिक्रिया