उपत्यकामा जारी निषेधाज्ञा जेठ ३१ पछि खुकुलो बनाउने तयारी
अखबार टुडे
प्रकाशित:
२०७८, २३ जेष्ठ

काठमाडौं, २३ जेष्ठ । काठमाडौं उपत्यकामा गत १६ वैशाखदेखि जारी निषेधाज्ञा १ असारदेखि खुकुलो बनाउने तयारी गरिएको छ । उपत्यकामा आंशिक निषेधाज्ञा लगाएर जनजीवनलाई सहज बनाउन विभिन्न निकायबीच छलफल भइरहेको बताइएको छ ।
पछिल्लो समय थपिएको निषेधाज्ञा ३१ जेठमा सकिँदैछ । यस अविधिमा खाद्यान्नलगायत अत्यावश्यक सेवामात्र खुला गरिएको छ । पछिल्लो केही दिनयता कोरोना संक्रमण दरमा कमी आएकाले निषेधाज्ञालाई पजि खुकुलो बनाउन लागिएको एक सुरक्षा अधिकारीले बताए ।
उनका अनुसार अहिलेकै अवस्था संक्रमण दर घट्दै गएमा असारदेखि उपत्यकामा आंशिक निषेधाज्ञा जारी हुनसक्छ । अहिले नै पूर्ण निषेधाज्ञा खोल्ने सम्भावना भने न्यून रहेको उनको भनाइ छ । तर, संक्रमण दर बढेमा फेरि एक सातासम्म निषेधाज्ञा लम्बिन सक्ने सम्भावना रहेको सरकारी अधिकारीहरुले बताएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली जेठ मसान्तसम्म निषेधाज्ञा जारी नै रहेकाले त्यसबारे छलफल नभएको बताएका छन् ।

प्रतिक्रिया