बुर्किना फासोमा हतियारधारी समूहको आक्रमणबाट १३० जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २३ जेष्ठ

काठमाडौं, २३ जेष्ठ । पश्चिम अफ्रिकामा अवस्थित भूपेरिवेष्ठित राष्ट्र बुर्किना फासोको एक गाउँमा सशस्त्र समूहले अन्धाधुन्ध आक्रमण गर्दा १ सय ३० जनाभन्दा धेरैको ज्यान गएको छ ।

आतंककारीले गरेको आक्रमणमा ज्यान जानेमध्ये ७ जना बालबालिका समेत रहेको बताइएको छ । उत्तरी भागमा पर्ने सोल्हान गाउँमा हतियारधारी समूहले अन्धाधुन्ध गोली प्रहारसँगै उनीहरूले घर र स्थानीय बजारहरूमा समेत आगजनी गरेको बीबीसीले जनाएको छ ।

अहिलेसम्म आक्रमणको जिम्मा कसैले पनि लिएको छैन । बुर्किना फासोमा केही समयदेखि इस्लामी समूहहरूको हमला बढिरहेका छन् । सशस्त्र समूहहरूले छापा मार्ने र अपहरण गर्ने जस्ता गतिविधि गर्दै आएका छन् । बुर्किना फासोले आफ्ना छिमेकी देशहरु माली, चाड, बुर्कीना फासोमा जस्तै सुरक्षा सङ्कटको सामना गरिरहेको छ ।

सोल्हान गाउँमा एकैपटक एक सय ३० जनाभन्दा धेरै मानिसको ज्यान जानेगरी आक्रमण भएपछि राष्ट्रपति रोक कबोरेले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेएको छ ।

प्रतिक्रिया