नेपाल खबर

‘सामन्तवादका अवशेष समाप्त पार्न कम्युनिष्ट एकताबाट मात्र सम्भव छ’

काठमाडौं, २२ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली मौलिकताको जनवादी क्रान्तिको कोर्स पूरा भएपनि साम्राज्यवाद विरुद्धको लडाइँ बाँकी नै रहेको बताएका छन् ।

शनिबार एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिद्वारा आयोजित ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’लाई भर्चुअलरुपमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘नेपाली मौलिकताको जनवादी क्रान्तिको कोर्स पूरा भएपनि साम्राज्यवादविरुद्धको लडाइँ बाँकी नै छ ।’ अध्यक्ष प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका लागि जनताका बीच जान शिक्षकलाई आग्रह गरे ।

समाजवादी क्रान्तिबाट सामन्तवादका अवशेष समाप्त पार्न कम्युनिष्ट एकता र आन्दोलनबाट मात्र सम्भव हुने उनको भनाइ छ । चुनाव घोषणा गरिसकेको सरकारले संविधान प्रतिकूल मन्त्रिपरिषद् पुनर्गठन गरेको बताउँदै उनले यतिबेला कोरोना महामारीविरुद्ध सबै एकताबद्ध भएर जुध्न आग्रह गरे ।

कार्यक्रममा सातै प्रदेशका अध्यक्षले संगठनको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो भर्चुअल ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’मा करीब एक हजार शिक्षकको सहभागिता रहेको संगठनका केन्द्रीय महासचिव निमबहादुर केसीले बताए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top