नेपाल खबर

उद्दारको पर्खाइमा खाडीमा १० हजार नेपाली

काठमाडौं, २२ जेष्ठ । खाडी मुलुकमा मात्रै ५० वटा भन्दा शवसहित १० हजार नेपाली अलपत्र रहेको भन्दै नेपाली मजदुर एकता समाज केन्द्रीय समितिले सरकारलाई ध्यानाकर्षण गराएको छ ।

वैदेशिक रोजगारीका क्रममा विदेश पुगेका नेपाली कोरोना संक्रमणलगायत विभिन्न कारणले अलपत्र भएको भन्दै समाजले उद्दारका लागि सरकारसँग आग्रह गरेको हो ।

समाजका प्रवक्ता बिजय भुसालले विज्ञप्तिमार्फत युएईमा दैनिक एउटा वाइडबडी फ्लाइट, मलेसिया र साउदीमा हप्ताको एउटा वाइडबडी फ्लाइट हुने व्यवस्था मिलाउन माग गरेका छन् ।

समाजले बिहीबार जारी गरेको विज्ञप्तिमा नेपाललगायत विभिन्न मुलुकमा कोरोनाभाइरस (कोभिड–१९)को कारण अवरुद्ध हुन पुगेको नियमित अन्तर्राष्ट्रिय उडानहरूको कारण वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया, साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स युएई, कतार बहराइन, ओमनलगायतका देशहरुमा भिसा अवधि सकिएका नेपाली श्रमिकहरु र उक्त देशहरुमा कार्यरत रहदा विभिन्न कारण मृत्यु हुन पुगेका नेपाली श्रमिकको शव अलपत्र पर्न थालेको गुनासो र जानकारी दिनहुँ आइरहेको उल्लेख गर्दै उनीहरुको उद्दारका लागि सरकारले पहल गर्न अनुरोध गरिएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top