ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट दुई वर्षका लागि बन्द
अखबार टुडे
प्रकाशित:
२०७८, २२ जेष्ठ

काठमाडों, २२ जेष्ठ । अमेरिकाको पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको इन्स्टाग्राम र अकाउन्ट दुई वर्षका लागि बन्द भएको छ ।
गएको जनवरी ६ तारिखमा ट्रम्पले फेसबुकमा साझा गरेको विचार तथा भनाइले अमेरिकाको राजधानी वासिङ्टन डीसीमा हिंसात्मक झडपलाई बढवा दिएको फेसबुकको स्वतन्त्र छानबिन बोर्डले जनाएको छ ।
त्यतिबेला फेसबुकसँगै इन्स्टाग्राम र ट्वीटरल तत्कालै ट्रम्पको अकाउन्ट बन्द अनिश्चितकालसम्मका लागि गरेका थिए । फेसबुकले दुई वर्षका लागि अकाउन्ट बन्द गरेको जनाएको छ ।
फेसबुकले अब नेताहरुको पोस्टलाई कुनै पनि सुरक्षा नदिइने बताएको छ । फेसबुक र इन्स्टाग्राममाथिको प्रतिबन्ध गएको जनवरीदेखि नै लागू हुनेछ ।
अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले सन् २०२३ को जनवरीमा पुनः आफ्नो अकाउन्ट सञ्चालन गर्न पाउनु हुने बीबीसीले जनाएको छ ।

प्रतिक्रिया