जसपाको ‘इन्ट्री’पछि मन्त्रिपरिषदमा व्यापक हेरफेर, प्रधानमन्त्री आफैँले राखे शक्तिशाली मन्त्रालय
अखबार टुडे
प्रकाशित:
२०७८, २१ जेष्ठ

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुर्नगठन गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी भएसँगै शुक्रबार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा व्यापक हेरफेर गरेका हुन् ।

नयाँ मन्त्रिपरिषमा चार जना मात्रै पुराना मन्त्रीलाई दोहो¥याइएको छ । पुर्नगठन गरिएको मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री भएका छन् ।

हाल अर्थमन्त्रीसमेत रहेका विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्री बनेका छन् । वरीयता क्रममा उनी प्रधानमन्त्रीपछि दोस्रोमा छन् ।

यस्तै, परराष्ट्र मन्त्रालयसहित उपप्रधानमन्त्रीको जिम्मा रघूवीर महासेठलाई दिइएको छ भने जसपाका नेता राजेन्द्र महतोलाई उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रालयको जिम्मा दिइएको छ । जसपालाई आठ मन्त्रीसहित दुई राज्यमन्त्री दिइएको छ ।

यस्तै, स्वास्थ्यमन्त्रीमा शेरबहादुर तामाङलाई नियुक्त गरिएको छ । तामाङ ओली नेतृत्वको सरकारमै कानून, न्याय तथा संसदीयि मामिला मन्त्री बनेका थिए । सार्वजनिक कार्यक्रममा दिएको विवादास्पद अभिव्यक्तिका कारण उनले मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो ।

यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङलाई भने निरन्तरता दिइएको छ ।
नियुक्त भएका नयाँ मन्त्रीलाई आठ बजे राष्ट्रपतिले र दुई राज्यमन्त्रीलाई राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले सपथ गराउने कार्यक्रम छ ।

प्रधानमन्त्री आफैँले राखे शक्तिशाली मन्त्रालय
मन्त्रिपरिषद विस्तारको क्रममा प्रधानमन्त्री ओलीले शक्तिशाली मन्त्रालय आफैँसँग राखेका छन् । प्रधामन्त्री ओलीले गृह मन्त्रालय र रक्षा मन्त्रालय आफैसँग राखेका हुन् ।

सांसद नरहेका मन्त्रीको नियुक्ति सर्वोच्च अदालतले खारेज गरेसँगै ओलीले गृह मन्त्रालय आफैसँग राखेका थिए । त्योभन्दा अगाडि नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ गृहमन्त्री थिए । पार्टीका महासचिव ईश्वर पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालयल ओलीले खोसेका थिए ।

यस्तै, प्रधामन्त्री ओलीले ओलीले उद्योग बाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, संसकृति, पर्यटन तथा नागरिक उडड्यन, संघीय मामिला तथा सामान्य प्रशासन र संचार तथा सूचना प्रविधि मन्त्रालय आफैसँग राखेका छन् । प्रधामन्त्री ओलीले यी मन्त्रालयहरु पूर्वमाओवादीका लागि राखेको बताइएको छ ।

प्रतिक्रिया