जनमोर्चाका पदमुत्त प्रदेश सभा सदस्य थापाद्वारा सर्वोच्चमा रिट
अखबार टुडे
प्रकाशित:
२०७८, २१ जेष्ठ

काठमाडौं, २१ जेष्ठ । राष्ट्रिय जनमोर्चाका पदमुक्त गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको छ ।
उनले आफूलाई पार्टीले असंवैधानिक तरिकाले पदमुत्त गराएको भन्दै पद पुनर्स्थापनाको माग राखेर रिट दायर गरेको हो ।
थनपाको रिटको प्रारम्भिक सुनुवाइ आइतवारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ । पार्टीको निर्णर्य विपरीत कार्य गरेको भन्दै राष्ट्रिय जनमोर्चाले थापालाई प्रदेश सभा सदस्यबाट हटाएको थियो ।
थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाउन नेपाली कांग्रेसका उम्म्दवारको पक्षमा हस्ताक्षर नगरेपछि उनलाई जनमोर्चाले कारबाही गरेको हो । योसँगै प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका ३ जना सांसद रहेकामा अब २ जनामात्र रहने भएका छन् ।

प्रतिक्रिया