नागरिकता अध्यादेश बिरुद्धको रिटमाथि शुक्रबारको सुनुवाइ हेर्दाहेर्दैमा
अखबार टुडे
प्रकाशित:
२०७८, २१ जेष्ठ

काठमाडौं, २१ जेष्ठ । गएको जेष्ठ ९ गते सरकारले ल्याएको नागरिकता अध्यादेश बिरुद्धको रिटमाथि शुक्रबारको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । अब २७ जेठमा सुनुवाई हुने भएको छ ।

नागरिकता अध्यादेशबिरुद्ध ६ वटा रिट परेका छन् । शुक्रवार चारजना निवेदकका तर्फबाट बहस भएको छ । नागरिकता अध्यादेशसम्बन्धी मुद्दाको सुनुवाइका लागी प्रधान न्यायाधीशले वरिष्ठ न्यायाधीश सम्मिलित इजलास गठन गरेका छन् ।

रिट निवेदकले अध्यादेश संविधानसँग बाझिएको भन्दै खारेज गर्न माग गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ९ जेठमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी थिइन् ।

प्रतिक्रिया