नेपाल खबर

जसपा सरकार सहभागी हुने तयारी : को को छन् मन्त्रीका आकाँक्षी ?

काठमाडौं, २१ जेठ । जनता समाजवादी पार्टी ९जसपा०को महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने पक्का पक्की जस्तै भएको छ । सरकारमा सहभागी हुने बारे बिहीबार पनि ठाकुर प्रधानमन्त्री केपी शर्मा ओली र ठाकुर पक्षबीच छलफल भएको थियो । उक्त छलफलपछि जसपा सरकारमा सहभागी हुने करिब निश्चित भएको हो ।
प्रधानमन्त्री ओली र ठाकुर पक्षबीच जसपाबाट ८ जना मन्त्री र दुईजना राज्यमन्त्री सरकारमा जाने सहमति भएको छलफलमा सहभागी कार्यकारिणी समितिका सदस्य शरतसिंह भण्डारीले बताएका छन् । उनका अनुसार आजै मन्त्रीमा जानेको नाम सार्वजनिक गरिँदैछ ।
जसपाबाट पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने सहमति भएको उनको भनाइ छ । आजै नाम टुंगो लगाएर प्रधानमन्त्री ओलीसँग पुनः छलफल गरेर अन्तिम रुप दिने जसपाको तयारी छ ।

जसपाबाट राजेन्द्र महतोसहित शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला, चन्दा चौधरी, प्रमोद साह, अकवाल अहमद, अकवाल मियाँ, अमृत अग्रहरी, वृषेशचन्द्र लाल, राजकुमार चौधरी, डा।सुरेन्द्र झा, उमाकान्त झालगायतका नेता मन्त्रीका लागि आकांक्षी रहेका छन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top