अनलाइनबाटैै बेली डान्स सिक्ने मौका
अखबार टुडे
प्रकाशित:
२०७८, २० जेष्ठ

काठमाडौं, २० जेठ । नेपालकी चर्चित बेली डान्सर बिनु शाक्यले ७ दिने बेली डान्सको अनलाइन कार्यशाला सञ्चालन गर्दैछिन् ।

डान्सर तथा कलाकार शाक्यले आफ्नो फेसबुकमार्फत कार्यशालाबारे जनकारी गराएकस् हुन् । विभिन्न कार्यक्रममा उनले आफ्नो बेली डान्सको कला प्रस्तुत गर्दै आएकी छन् । हिजोआज युवावर्गमा बेली डान्सको क्रेज बढ्दो छ ।

त्यसैलाई मध्यनजÞर गर्दै शाक्यले कार्यशाला आयोजना गर्न लागेको बताएकी छन् ।
आफूलाई धेरै इन्स्टा, फेसबुकमा फलो गर्नेले बेली डान्स सिक्ने इच्छा राखेको हुनाले पहिलो पटक गर्न कार्यशाला आयोजना गर्न उनको उनको भनाइ छ ।

जून ६ देखि १२ तारिखसम्म हरेक दिन बेलुकी ४ बजे देखि ५ बजेसम्म हुने कार्यशालामा सहभागी हुनलाई १५ सय रुपैयाँ शुल्क लाग्ने उनले बताइन् ।

प्रतिक्रिया