प्रधानन्यायाधीश जबराले बोलाए ‘फुल कोर्ट’को बैठक
प्रकाशित:
२०७८, २० जेष्ठ
काठमडौं, २० जेष्ठ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘फुल कोर्ट’ बोलाएका छन् ।
संवैधानिक इजलास गठन लगायतका विषयमा देखिएको समस्या समाधान, इजलास गठन सम्बन्धी नियमावली संशोधन र सर्वोच्चको सेवा विस्तार लगायतका विषयमा छलफल गर्न प्रधानन्यायाधीश राणाले शुक्रबार ‘फुल कोर्ट’को बैठक बोलाएका हुन् ।
जेठ १३ गते बसेको फुल कोर्टको बैठकले कोरोना भाइरस कोभिड–१९ को महामारीका समयमा नियमित मुद्धा, रिट तथा निवेदनहरूमा पेशी तारिखलगायतका कामकारबाही जेठ २१ गतेसम्मका लागि संकुचन गरेको थियो ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धा हेर्न गठित संवैधनिक इजालसमा तोकिएका दुई जना न्यायाधीश अलग भएपछि जेठ १८ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले २३ गते अर्को इजलास तोकेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
डेढ किलो सुन र करिब डेढ करोड नगदसहित ७ जना पक्राउ
भारतीय वायुसेवा कम्पनी इन्डिगोले ३० वटा जेट विमान खरिद गर्ने
कांग्रेस नेता आलमसहित ४ जनालाई जन्मकैदको सजाय
राष्ट्रपति पौडेल भन्छन्- समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ