राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा पदमुक्त
अखबार टुडे
प्रकाशित:
२०७८, २० जेष्ठ

कास्की, २० जेष्ठ । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन् । राष्ट्रिय जनमोर्चाले प्रदेश सभा सचिवालयमा थापालाई दलबाट निष्कासन गरेको जानकारी गराएको छ ।
आजै बस्ने प्रदेश सभा बैठकमा थापालाई पदमुक्त गरिएको सूचना पढेर जानकारी गराउने तयारी छ । थापालाई पार्टीको नीति विपरीत कार्य गरेको भन्दै जनमोर्चाले साधारण सदस्य पनि नरहने गरी यसअघि नै निलम्बन गरेको थियो ।
थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाउन नेपाली कांग्रेसका उम्म्दवारको पक्षमा हस्ताक्षर नगरेपछि उनलाई जनमोर्चाले कारबाही गरेको हो ।
६० सदस्यीय गण्डकी प्रदेशसभा थापा पदमुक्त भएपछि ५९ सदस्यीय भएको छ । प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका ३ जना सांसद रहेकामा अब २ जनामात्र रहने भएका छन् ।

प्रतिक्रिया