एमालेको स्थायी कमिटी बैठक स्थगित
प्रकाशित:
२०७८, २० जेष्ठ

काठमाडौं, २० जेठ । नेकपा एमालेको स्थायी कमिटी बैठकस्थगित भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज ४ बजे बैठक बोलाएका थिए ।
पार्टी एकताका लागि माधव नेपाल पक्षका दोस्रो तहका नेतासँग वार्ता चलिरहेका बेला बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।
बरिष्ठ नेता माधव नेपाल पक्षले आजै केन्द्रीय कमिटी बैठक राखेपछि परिस्थिति हेरेरमात्र बैठक बस्नेगरि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको कार्यालय सचिव शेरवहादुर तामाङे जनाएका छन् । उनका अनुसार बैठकका लागि चाँडै मिति तय गरिने छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
सुडानमा गृहयुद्धका कारण विद्युत् र यातायात सेवा चरम रूपमा प्रभावित
देशमा पश्चिमी तथा स्थानीय वायु प्रभाव, यी पाँच प्रदेशमा वर्षाको सम्भावना
जेठ १५ गते राजावादीको प्रदर्शन, हाई अलर्ट रहन आईजीपीको निर्देशन
नोराको जादुमयी प्रस्तुति, मध्यरातसम्म नाचे दर्शक
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा