कोरोना संक्रमित ३५ वर्षका चिकित्सक रजौरियाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २० जेष्ठ

बटवल, २० जेष्ठ । कोरोना संक्रमणका कारण कपिलवस्तु घर भएका ३५ वर्षका फिजिसियन डा. पशुपति रजौरियाको ज्यान गएको छ ।

उनि युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत चिकित्सक हुन् । उनको उपचारको क्रममा ग्राण्डी इन्टरनेसनल हस्पिटल काठमाडौंमा बुधबार राति मृत्यु भएको हो ।

कोरोना संक्रमणपछि वैशाख २० गते युनिभर्सल मेडिकल कलेजमै एचडीयू कक्षमा उपचार गराएका रजौरियालाई चार दिनपछि हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो ।

हालसम्म मेडिकल कलेजमा १ सय ६० जना स्वास्थ्यकर्मी कोभिड संक्रमित भएपनि चिकित्सक मृत्यु भएको यो पहिलो घटना भएको युनिभर्सल मेडिकल कलेजका सूचना अधिकारी सुशील गुरुङले बताए ।

प्रतिक्रिया