नेपाल खबर

‘पार्टी एकता जोगाउने मेरो प्रयासलाई कमजोर बनाउन खोजिँदैछ’

काठमाडौं, २० जेठ । नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टीलाई २०७५ जेठ २ कै संरचनाअनुसार अगाडि बढाउन आफू लागिरहने बताएका छन् ।

बिहीबार समाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै पार्टी एकता जोगाउन भइरहेका प्रयासलाई कमजोर पार्ने दुराशयले आफ्नो नामसमेत जोडर सञ्चार माध्यमहरूमा खबर आइरहेको भन्दै गुनासो गरेका छन् ।

नेता विष्टले लेखेका छन्, ‘एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन् ? समयले नै बताउला ।’

नेता विष्टसहित माधव पक्षका केही नेताले अध्यक्ष केपी शर्मा ओली पक्षसँग संवाद गरिरहेको र नेपाल पक्षकै नेताहरूले विष्ट ओलीतर्फ लाग्न सक्ने जस्ता समाचार आएपछि उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘पार्टीका सबै कमिटीलाई २०७५ जेठ २ गते पूर्ववत अवस्थामा फर्काएर कम्युनिष्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहित सबल एवं एकिकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो,’ उनले भनेका छन्, ‘यसमा अन्तिमसम्म लागिरहन्छौँ ।’

उनले पार्टी सम्पूर्ण एकता कायम गर्न निरन्तर प्रयत्नशील भएर अन्तिमसम्म लागिरहने समेत बताएका छन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top