१२ वर्षदेखि इजरायली सत्तामा रहेका नेतान्याहु बाहिरिने पक्का
अखबार टुडे
प्रकाशित:
२०७८, २० जेष्ठ

काठमाडौं, २० जेष्ठ । विपक्षी ८ दलका गठबन्धनहरुबीच नयाँ सरकार बनाउनका लागि सहमत भएसँगै इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको १२ वर्षे शासनकाल अन्त्य हुने भएको छ ।

विपक्षी दलहरुले रोलक्रमका आधारमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने सहमति गरेका बीबीसीले जनाएको छ । योसँगै १२ वर्षदेखि इजरायलको सत्तामा रहेका नेतान्याहु बाहिरिने पक्का भएको छ ।

७१ वर्षका नेतान्याहु इजरायलमा सबैभन्दा लामो समयसम्म सत्तामा रहने नेता हो । उनले विपक्षी गठबन्धनको सरकार बने देशलाई खतरा हुने चेतावनी दिँदै आएको छ । विपक्षी गठबन्धनमा सहमति बने पनि नयाँ सरकारले शपथ लिनका लागि संसदमा मत लिनु पर्ने खबरमा उल्लेख गरिएको छ ।

सन् २००९ देखि प्रधानमन्त्रीमा रहेका नेतान्याहुमाथि भ्रष्टाचारको आरोप लागेको छ ।

प्रतिक्रिया