भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जना पक्राउ
प्रकाशित:
२०७८, १९ जेष्ठ
गुवाहाटी, १९ जेठ (एजेन्सी) । भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आसामका मुख्यमन्त्री हिमन्त विश्वास शर्माले सामाजिक सञ्जाल ट्वीटर मार्फत २४ जना आक्रमणकारीलाई पक्राउ गरिएको र थप अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढिरहेको बुधबार जानकारी दिए ।
होजाइ जिल्लामा रहेको उडाली केयर सेन्टरमा उपचारका क्रममा कोरोनाभाइरसबाट सङ्क्रमित एक विरामीको मृत्यु भएपछि मंगलबार डा. सेउज कुमार सेनापतिमाथि आक्रमण भएको थियो ।
चिकित्सकीय सेवा दिइरहेका चिकित्सकमाथि आक्रमण हुनु निन्दनीय भएको भन्दै सर्वत्र विरोध भएको छ ।
स्थानीय प्रहरी अधिकारीहरुले घटनालाई गम्भीरतापूर्वक लिइएको र दोषीलाई कुनैपनि हालतमा उन्मुक्ति नदिइने दावी गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार