उपत्यकामा जारी निषेधाज्ञा जेठ ३१ सम्म थपियो
अखबार टुडे
प्रकाशित:
२०७८, १९ जेष्ठ

काठमाडौं, १९ जेष्ठ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा पुन १० दिन थप गरिएको छ ।
बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
उपत्यकामा जारी निषेधाज्ञा बिहीबार (भोलि) २० गते सकिन्दैछ ।
अबको निषेधाज्ञा केही खुकुलो बनाउने पनि बताएको छ । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
अब किराना पसल, डिपार्टमेन्ट स्टोर, फलफूल र पुस्तक पसल बिहान ९ बजेसम्म खोल्न दिइने छ । यस्तै, बिकास निर्माणका काम पनि सञ्चालन हुने भएका छन् ।

प्रतिक्रिया