फ्रान्सले दिएको स्वास्थ्य सामग्री काठमाण्डौं आइपुग्यो
अखबार टुडे
प्रकाशित:
२०७८, १९ जेष्ठ

काठमाडौं, १९ जेष्ठ । कोरोना माहामारी विरुद्ध लड्न फ्रान्स सरकारले नेपाललाई पठाएको स्वास्थ्य सामग्री बोकेर विशेष जहाज काठमाण्डौ आइपुगेको छ ।
नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जाभियर लेजरले त्रिभुवन विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयस त्रिपाठीलाई सामग्री हस्तान्तरण गरे ।
फ्रान्सले पाँच लाख चार हजार मास्क, २० हजार एन्टीजेन किट, १२ हजार चस्मा लगायतका सामग्री नेपाल पठाएको हो । साथमा स्वास्थ्यमन्त्री त्रिपाठीले सहयोगको लागि फ्रान्स सरकार र त्यहाँका नागरिकलाई धन्यवाद दिएको छ ।

प्रतिक्रिया