नेपाल एयरलायन्ससहित चार वायुसेवा कम्पनीलाई नियमित उडानको अनुमति
अखबार टुडे
प्रकाशित:
२०७८, १८ जेष्ठ

काठमाडौं, १८ जेठ । नेपाल वायु सेवाको नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीले तीन अन्तर्राष्ट्रिय गन्तव्यका लागि नियमित उडानको अनुमति पाएका छन् ।

सरकारले भारतमा दुई र अन्य तीन मुलुकमा साताको एक नियमित उडान खोलेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको उडान तालिकाअनुसार नेपाल वायुसेवा निगम, टर्किस एयरलाइन्स, कतार एयरवेज र एयर इण्डियाले नेपालमा नियमित उडानको अनुमति पाएका हुन् । नियमित उडान खुलेकामध्ये चीनमा भने कुनै पनि वायुसेवा कम्पनीले नियिमत उडानको प्रस्ताव पेश गरेनन् ।

अनुमति पाएका उडानमध्ये टर्कीले इस्तानबुलमा मात्र उडान गर्न पाउने छ । टर्कीका लागि ३ जुनबाट सातामा एक उडानको अनुमति दिइएको छ । यो उडान हरेक बिहीबार हुनेछ ।

नेपाल एयरलाइन्सले कतारको दोहा र भारतको नयाँ दिल्लीका लागि अनुमति पाएको छ । दोहाका लागि कतार एयरवेजले समेत एक उडान पाएको छ । कतारमा नेपाल एयरलाइन्स र कतारले हरेक सोमबार उडान गर्नेछन् ।

यी कम्पनीले ७ जुनबाट उडान थाल्न सक्नेछन् भने नेपाल एयरलाइन्सको जहाज नयाँदिल्ली भने हरेक बुधबार उड्नेछ । भारतीय वायुसेवा एयर इण्डियाले भने साताको शुक्रबार काठमाडौ उडान गर्ने गरि अनुमति पाएको छ ।

प्रतिक्रिया