विवेकशील साझा पार्टीका पूर्वसंयोजक थापाको निधन
अखबार टुडे
प्रकाशित:
२०७८, १८ जेष्ठ

काठमाडौं, १८ जेष्ठ । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको आज निधन भएको छ ।
कोरोना संक्रमणका कारण ललितपुुको मेडिसिटी अस्पतालमा उपचाररत ४४ वर्षीय नेता थापाको अन्तिम परीक्षणमा रिपोर्ट नेगेटिभ आए पनि आज अपरान्ह ४.२५ मा निधन भएको हो ।
नेपालमा वैकल्पिक राजनीतिलाई स्थापित गर्ने उद्देश्य बोकेका थापा विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्वसंयोजक थिए । उनको उपचारका लागि रकम सङ्कलनसमेत भएको थियो ।
यसैगरी सो पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले आज विज्ञप्ति जारी गरी थापाको १३ औँ दिनको स्मृतिमा वृक्षरोपण गर्न आग्रह गरिएको छ भने थापाले दिएको राजनीतिक योगदान र संस्कारबारे छलफल सञ्चालन गरिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया