जसपा फुटको सङ्घारमा, दुवै पक्षले एक–अर्को निष्कासन गर्ने होडबाजी
अखबार टुडे
प्रकाशित:
२०७८, १८ जेष्ठ

काठमाडौं, १८ जृष्ठ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरपक्षको बैठकले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
दुवै पक्षले एक–अर्कोलाई पार्टीबाट निष्कासन गरेको घोषणा गरेसँगै जनता समाजवादी पार्टी (जसपा) फुटको सङ्घारमा पुगेको छ ।
मङ्गलवार दिउँसो अध्यक्ष उपेन्द्र यादव पक्षले जसपाका ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय गरेलगत्तै अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
बैठकमा अध्यक्ष यादवलाई मात्रै पार्टीबाट निष्काशन गरिएको र त्यसको जानकारी निर्वाचन आयोगलाई समेत दिइएको बताए ।
यसअघि यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा पठाएको छ ।

प्रतिक्रिया