नेपाल खबर

चीनले दिएको ८ लाख डोज खोप काठमाडौं आइपुग्यो, बाँकी २ लाख भोलि विहानसम्ममा आइपुग्ने

काठमाडौं, १८ जेष्ठ । चीनले अनुदानमा दिएको १० लाखमध्ये ८ लाख डोज खोप लिएर नेपाल एयरलाइन्सको विमान मंगलबार काठमाडौंको त्रिभुवन विमानस्थलमा ओरलिएको छ ।

बाँकी दुई लाख खोप तिब्बतले दिनेछ । यसमध्ये ५० हजार ४०० डोज खोप मंगलबार विहानै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुलाई हस्तान्तरण भइसकेको छ ।

अर्को ५४ हजार २०० डोज साँझ काठमाडौं आइपुग्ने छ भने ९९ हजार २०० डोज खोप भोलि विहान काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए । यसअघि पनि चीनले ८ लाख डोज खोप अनुदानमा नेपाललाई दिएको थियो ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top