लकडाउनमा उर्वशीको चर्चा कसरी ?
अखबार टुडे
प्रकाशित:
२०७८, १८ जेष्ठ

काठमाडौं, १८ जेठ । भारत यतिखेर कोरोना भाइरसको महामारीबाट आक्रान्त छ । कोरोनाले सबै क्षेत्रलाई प्रभावित बनाएको छ । डेढ महिनाभन्दा लामो समयदेखि लगातार निषेधाज्ञा लगाइएको छ भने अन्य क्षेत्रजस्तै भारतीय चलचित्र उद्योग बलिउड पनि प्रभावित बनेको छ ।

यस्तो विषम परिस्थितिमा पनि केही बलिउडकर्मीले चर्चा बटुल्दै आएका छन् । तिनैमध्येकी एक हुन्, अभिनेत्री उर्वशी रौतेला ।

बलिउड नायिका उर्वशी आफ्नो हट अवतारका कारण सदैव चर्चामा आउने गरेकी छन् । फेसन सेन्स र ग्ल्यामर लुक्सका कारण चर्चा कमाउँदै आएकी उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । उनी आफ्ना फ्यानका लागि हट अवतारका तस्बिरहरू सेयर गर्ने गर्छिन् । त्यसलाई उनका फ्यानले निकै रुचाउने गरेका छन् । हालै उनले केही नयाँ तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । कालो रङको डिपनेक र साइटकट गाउन लगाएकी उनी निकै आकर्षक देखिएकी छन् ।

धेरैजसो बिकिनी अवतारमा इन्स्टाग्राममा तस्बिर सार्वजनिक गर्ने बलिउड अभिनेत्री उर्वशीको यो फेसनले पनि चर्चा कमाइरहेको छ । केही समयपहिले उर्वशी भारतीय क्रिकेटर हार्दिक पाण्ड्यासँगको प्रेमका कारण चर्चामा थिइन् ।

प्रतिक्रिया